पहुँच र ओहोदाबाट अपराधी कुनै हालतमा उम्कन सक्दैन : आइजिपी खनाल

पहुँच र ओहोदाबाट अपराधी कुनै हालतमा उम्कन सक्दैन : आइजिपी खनाल

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहुँच र ओहोदाबाट अपराधी कुनै हालतमा उम्कन नसक्ने बताउनु भएकाे छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय तेह्रथुमको नवनिर्मित कार्यालय भवनको उद्घाटन समाराेहमा बाेल्दै महानिरीक्षक खनालले उक्त कुरा बताउनु भएकाे हाे।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले सानातिना असफलताले प्रहरीको मुख्य काम ओझेलमा पर्ने गरेको भन्दै दुख व्यक्त गर्दै सानातिना असफलतालाई मूल्यांकन गरेर प्रहरीले कामै गरेन भन्न नहुने बताउनु भयाे ।

‘सानातिना असफलताले प्रहरीको मुख्य काम ओझेलमा परेका छन्,’ खनालले भन्नुभयाे, ‘संगठनभित्र र जनतालाई सुरक्षा दिने मामलामा प्रहरीमा दर्जनौं काम भएका छन्।’

कार्यक्रममा खनालले नागरिकको मन जित्ने गरी काम गर्न समेत प्रदेश प्रहरी र मातहतको जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिँदै जनतासँग सम्बन्धित काम कारबाहीलाई यथाशक्य सक्न संयमित र खरो रूपमा उत्रन समेत सबैसँग आग्रह गर्नु भयाे ।

उक्त समारोहमा वरिष्ठ प्रहरी अधिकृतहरु, जिल्लास्थित विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.