प्रहरी प्रेमिकाको पेस्तोल लिएर फरार प्रेमी पक्राउ

प्रहरी प्रेमिकाको पेस्तोल लिएर फरार प्रेमी पक्राउ

जनकपुरधामबाट हतियार लिएर फरार भएका महिला प्रहरीका प्रेमीलाई धनुषा प्रहरीले पक्राउ गरेकाे छ ।

उच्च अदालत जनकपुरधामका न्यायाधीश सकुन्तला घिमिरेकी सुरक्षा गार्ड रहेकी प्रहरी जवान रनिता कुमारी केवटका प्रेमी जनकपुरधामबाटै पक्राउ परेका हुन्।

सुरक्षा गार्ड रनिताका प्रेमी नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर ८ का शिवेन्द्र यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ रामपुरबाट बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यादवको मोबाइल ट्रयाक गरेर लोकेशनको आधारमा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार यादवको मोबाइल ट्रेस गर्दा त्यसको लोकेशन रामपुरमा देखाएपछि पक्राउ गर्न पुगेका प्रहरीलाई हेरेपछि भाग्ने प्रयास गर्दै गर्दा यादवलाई पक्राउ गरेको हाे ।

यादव आफन्तको घरमा लुकेर बस्दै आएका थिए। सोही घरबाट पस्तोल पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

उच्च अदालत जनकपुुरका न्यायधीशकी पीएसओ रनिता कुमारी केवटले सोमबार राति हतियार लुटिएकाे उजुरी गरेपछि उनी अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै रहेकी छिन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.