सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

कपिलवस्तुबाट निर्वाचित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ।

अदालतमा प्रहरीले शाहलाई ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अनुमति मागेको थियो । अदालतबाट पक्राउ गरेर अनुसन्धान गर्ने अनुमति प्राप्त भएको कपिलवस्तुका निमित्त प्रहरी प्रमुख नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा बिहीबार जाहेरी दर्ता भएको थियो। कपिलवस्तु ३ बाट निर्वाचित सांसद शाहविरुद्ध स्थानीय श्यामकुमार मिश्राले जाहेरी दर्ता गरेका थिए।

गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्राले सांसद शाह र उनका सवारी चालक सोनु कहार भन्ने शशी कश्यपले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप निवेदनमा लगाएका थिए।

मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.