सार्वजनिक यातायातमा प्रहरीको अनुगमन,चालकलाई १८ बुँदे सुझाव

सार्वजनिक यातायातमा प्रहरीको अनुगमन,चालकलाई १८ बुँदे सुझाव

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र अनुगमन समितिको टोलीले शुक्रबार सुन्धारामा २३ वटा भाडाका सार्वजनिक सवारी अनुगमन गरेको छ ।

अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमि कमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ ।

सार्बजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउनका लागी सवारी चालकको महत्वपुर्ण भुमिका रहने भएकोले चालकहरुले पालना गर्नेपर्ने ट्राफिक नियम तथा यात्रुहरु प्रति सेवाभावका साथ आफुलाई बदल्न समेत यस अभियानले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागि व्यावसायिक, अनुशासित र दक्षताका साथ आफूलाई उदाहरणीय बनाउँदै आफूप्रतिको विश्वासमा वृद्धि गर्न समेत चालकहरूलाई प्रहरीले अनुरोध गरेको छ ।

महाशाखा प्रमुख ढकालले यहि पौष १७ गते भाडाका सार्वजनिक सवारी साधनहरुमा गोप्य रुपमा अनुगमन गरेका थिए । सोही अनुगमनका क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरुले गरेका गुनासोहरुको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा संचालित यात्रुवाहक सार्वजनिक सवारी साधनसंग सम्बन्धित विभिन्न कम्पनीर प्रा लि का प्रतिनिधिहरुको उपस्थितिमा पौष २० गते यस महाशाखामा व्यापक छलफल गरिएको थियो ।

उक्त छलफलबाट १९ वुँदे प्रतिबद्वता निर्णय भएको र उक्त निर्णयहरु कार्यन्वयन गर्न आजबाट अनुगमन शुरु गरिएको हो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.