शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ

शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ

शिष्यलाई ठगी गरेको आरोपमा प्रहरीले शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो । शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका शिवानन्दविरुद्ध ४ जना शिष्यले प्रहरीमा उजुरी दिएका थिए ।

भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । उनको टौदहमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.