नक्कली प्रहरी बनेर ठगी गर्ने दुई पक्राउ

नक्कली प्रहरी बनेर ठगी गर्ने दुई पक्राउ

प्रहरीले झापाको बाह्रदर्शी गाउँपालिका-३ स्थित राजगढ बजारबाट नक्कली प्रहरी बनेर व्यापारीलाई ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा गौरीगंञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ का २० वर्षीय जीवन दास रहेका छन् । उनिहरुले चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग आफुहरु एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको सिआइबी प्रहरी भएको भन्दै सात हजार रुपैयाँ ठगी गरेकाे प्रहरीले जनाएकाे छ ।

शंका लागेर स्थानीयले इलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । प्रहरीको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्‍याएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.