वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।

सोमबार राति दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइ आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे ।

दुर्घटनापछि गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो।

गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.