सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ

सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ

एक वर्षअघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।

घटनामा संलग्न युवालाई महानगरीय अपराध प्रहरी महाशाखाकाे टाेलीले  सोमबार चितवनबाट पक्राउ गरेको हाे । यसबारे आज पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने प्रहरीले जानकारी दिएको छ ।

एक वर्षअघि डल्लु-लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडिओ सार्वजनिक भएको थियो।

भिडिओ सार्वजनिक भएपछि युवतीहरूको एक समूहले महाशाखा पुगेर सार्वजनिक यातायात महिलाको लागि सुरक्षित नभएको भन्दै दोषी पक्राउ गर्न उजुरी दिएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.