बिनाइजाजत बैंकिङ कारोबार गरी ४५ लाख रूपैयाँ ठगेको आरोपमा एक पक्राउ

बिनाइजाजत बैंकिङ कारोबार गरी ४५ लाख रूपैयाँ ठगेको आरोपमा एक पक्राउ

बिनाइजाजत बैंकिङ कारोबार गरी ४५ लाख बराबरको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले इटहरी ६ का वीरेन्द्र विश्वकर्मालाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो। विश्वकर्माले लक्ष्मी ज्वेलर्सको नाममा पासबुक बनाएर विभिन्न दस जनालाई ठगेको जाहेरी प्रहरीमा परेको थियो।

ठगी मुद्दामा जाहेरी परेपछि विश्वकर्मालाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको थियो। पक्राउ पूर्जी लिएपछि विश्वकर्मालाई खोजी गर्ने क्रममा सोमबार बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

ठगिनेहरूमा सालिकराम कट्वाल, तारा कट्वाल, कमला दाहाल, तुलसीप्रसाद घिमिरे, रमला लुइँटेल, गोपाल राई, रञ्जना निरौला, यसोदा दाहाल, सीतादेवी पोखरेल र हिरा ठाकुर छन्।

पक्राउ परेका विश्वकर्मामाथि ठगी मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.