युएईमा अठार नेपाली कामदार चढेको बस दुर्घटना : पाँचको मृत्यु

युएईमा अठार नेपाली कामदार चढेको बस दुर्घटना : पाँचको मृत्यु

बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा १८ नेपाली र अन्य देशका कामदार बोकेको मिनिबस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

सो गाडीमा २४ जना यात्रु रहेको र त्यस मध्ये ६ जना भने अन्य मुलुकका रहेको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ । मृत्यु हुनेमा नेपाली छन वा छैनन् भन्नेबारे बास्तविक जानकारी नआएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।

घाइतेहरुकाे माफराक अस्पतालमा उपचार भइरहेको छ । मिनिबस दुर्घटना बिहान साढे ५ बजे अल राहा सडकमा भएको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.