बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले : श्रीमतीको मृत्यु, दुई बच्चा बेपत्ता

बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले : श्रीमतीको मृत्यु, दुई बच्चा बेपत्ता

धादिङमा एक दम्पतीले दुई बच्चासहित झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका छन् ।

बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । त्रिशुलीको जलयात्रा गर्ने टोलीसँगको रेस्क्यु टोलीले श्रीमानको भने सकुसल उद्धार गरेको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका-५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले आफ्ना २ वर्षीय र ६ महिने छोरासहित साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोडने पुलबाट हाम्फालेका हुन् ।

जमुनाको शव नजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.