सबैले हातेमालो गरी अगाडि बढेमा समृद्ध नेपाल बनाउन सकिन्छ : सर्वेन्द्र खनाल
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सबैले हातेमालो गरी अगाडि बढेमा समृद्ध नेपाल बनाउन सकिने बताउनु भएकाे छ ।
कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्रको बिहीबार वीरगंज महानगरपालिका-६ स्थित वडा समितिको कार्यालय लाठगल्लीमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र बीरगञ्ज महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उदघाटन गरिएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्रमार्फत स्थानीय निकाय, संचारकर्मी र प्रहरी सबै पक्ष सहकार्य गरेर अगाडि बढ्न सके सुरक्षित वातावरण निर्माण गर्न सकिने बताउनु भएकाे छ ।
स्थानीय तहले अघि बढाएको विकास निर्माण कार्यका लागि सुरक्षा संयन्त्रको रुपमा नेपाल प्रहरीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्की र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त लामा, स्थानीय जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...