सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी, पाँचजना भन्दा बढी भेला हुन नपाइने

सिन्धुपाल्चोकको बाह्रविसेमा निषेधाज्ञा जारी, पाँचजना भन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासान कार्यालय सिन्धुपाल्चोकले जिल्लाको बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबारका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले जारी गरेको आदेशअनुसार चारकिल्ला भित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस भेला हुन नपाउने उल्लेख गरिएको छ ।

पूर्वमा बाह्रबिसे बजारबाट ३०० मिटर पूर्व, पश्चिममा भोटेकोशी खोला पुल, उत्तरमा इलाका प्रहरी कार्यालय बाह्रबिसे ४ र दक्षिणमा बाह्रबिसे बजारबाट पिस्कर जाने बाटोको सुनकोशी चोकको बीचमा पाँचजनाभन्दा बढी भेला हुन पाइने छैन ।

शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काएपछि स्थानीयहरु विरोधमा उत्रिएका थिए । विरोधमा  उत्रिएका स्थानीयहरुले शनिबार बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी एवं केही गमला समेत तोडफोड गरेकाले यस्तो आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.