दामन रिसोर्ट अपडेट : चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)

दामन रिसोर्ट अपडेट : चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ।

दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने दुई जना महिला र दुई पुरूष र चार बालबालिका रहेका छन्। मृतक सबैको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीकी ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीकी सरिया, ५ वर्षका अभी, ७ वर्षीकी अर्चना,५ वर्षका बैशनव र ९ वर्षीकी बन्द्रा छन्।

भारतको केरलाबाट १५ जनाको समूहमा नेपाल घुम्न आएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए। एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए।अर्को कोठामा रहेका भारतीयलाई भने केही नभएको प्रहरीले जनाएको छ।

झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका उनिहरु निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.