आफूलाई नेपाल प्रहरीकाे सई हुँ भन्दै ठगी गर्ने एक पक्राउ

आफूलाई नेपाल प्रहरीकाे सई हुँ भन्दै ठगी गर्ने एक पक्राउ

आफू प्रहरी नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंकाे बसुन्धरा बस्‍ने रामेछाप मन्थली नगरपालिका २ का राजु कार्की रहेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाकाे टाेलीले बिहीबार बेलुकी कलंकीबाट पक्राउ गरेकाे हाे ।

कार्कीले आफू प्रहरीको सई हुँ, काठमाडौं एयरपोर्टमा कार्यरत छु र आफूसँग बैंक खातामा धेरै रकम जम्मा भएकोले कतैबाट छानबिन भएमा अफ्ठेरोमा पर्न सक्छु भन्दै आफूसँग भएको ३० लाख रुपैयाँ दिने भनी कार्कीले सिन्धुपाल्चोक हेलम्बु घर भएका एक व्यक्तिबाट ३ लाख रुपैयाँ ठगी गरेको अनुसन्धान खुलेको प्रहरीले जनाएको छ ।

कार्कीले ती व्यक्तिलाई आफूसँग भएको ३० लाख खातामा हालिदिन्छु भनी बैंक ट्रान्जेक्सन देखाउन ३ लाखको चेक काट्न समेत लगाएका थिए ।

लगत्तै ३० लाख खातामा राखिदिन्छु र एउटै शाखाबाट उक्त रकम निकाल्न मिल्दैन भनी चाबहिलस्थित नेपाल बैंकको शाखामा लगि अलपत्र छोडी नेपाल बैंक लिमिटेड, कालिमाटी शाखाबाट नगद ३ लाख रुपैयाँ निकालेका थिए ।

प्रहरीले कार्कीको साथबाट नगद ७ हजार ५ सय, बा ९१ प ७४४६ नम्बरको मोटरसाइकल, १ थान मोबाइललगायत सामग्री बरामद गरेकाे छ ।
कार्कीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएकाे छ ।

कार्की यसअघि २०७३ सालमा पनि ठगी मुद्दामा ६ महिना भुक्तान गरी धरौटीमा छुटेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.