प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गर्नु भएकाे हाे । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

सो कार्यक्रममा उपस्थित सबैले उँहालाई नयाँ कार्यकालको बदाई तथा शुभकामना दिएका थिए।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उँहालाई महानिरीक्षकमा नियुक्त गरेकाे थियाे ।

उँहाले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.