नक्‍कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ

नक्‍कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ

प्रहरीले कैलालीबाट नक्कली प्रहरी बनेर पैसा असुल गर्ने तीनजनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका १ घर भइ हाल धनगढी उप-महानगरपालिका-७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका  ५ घर भइ धनगढी उप महानगरपालिका १ बस्ने ३३ वर्षीय किशन सिजापती रहेका छन् ।

उनीहरूले धनगढी उपमहानगरपालीका ३, मिलनचोकस्थित चन्द्रभान शर्माले सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलमा गएर आफू प्रहरी भएको भन्दै रकम माग गरेका थिए ।

प्रहरीका अनुसार शर्मालाई ‘भारतीय नम्बरको मोटरसाइकल चोरीको हो हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौं मोटरसाइकल लैजान्छौं भनी धम्काई’ २५ सय रुपैयाँ लगेका थिए ।

शर्माकै उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.