वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रहरीले वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका ३, बरगदवाका २३ वर्षीय कृष्ण चौधरी र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ५, बन्डाघोलाका २४ वर्षीय हिमाल चौधरी रहेका छन् । उनिहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार राजधानीकाे बिभिन्न स्थानबाट पक्राउ गरेको हो।

आफूहरु ललितपुरकाे हरिहर भवनस्थित रिलाइफ एजुकेशन कन्सल्टेन्सी प्रालिको सञ्चालक रहेको भन्दै उनीहरुले इटालीमा राम्रो रोजगारीको प्रलोभन देखाएर पर्वत कुश्मा नगरपालिका-१४ घर भई हाल काठमाडौं चन्द्रागिरी बस्ने दिनेश पौडेलसँग ६ लाख रकम ठगी गरी फरार भएका थिए।

रकम लिएर लामो समयसम्म पनि इटाली नपठाई फरार भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए।

अहिले उनिहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर जावलाखेल,ललितपुरमा पठाइएको महाशाखाले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.