सुटुक्क प्रशासनमा हाजिर भएर छुटे दुर्गा प्रसाईं

सुटुक्क प्रशासनमा हाजिर भएर छुटे दुर्गा प्रसाईं

मानहानिको मुद्दामा फरार रहेका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं बिहीबार बिहान सुटुक्क जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएर छुटेका छन् ।

हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् ।

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानीको मुद्दा दायर गरेका थिए ।

अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार रहँदै आएका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.