आरआर क्याम्पसमा नेकपा र कांग्रेसका विद्यार्थीबीच झडप

आरआर क्याम्पसमा नेकपा र कांग्रेसका विद्यार्थीबीच झडप

रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा नपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ ।

सोमबार बिहान नेपाल विद्यार्थी संघ र अनेरास्ववियूबीच आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा क्याम्पस भित्रै ढुंगा, इँट्टा हानाहान भएको हो । झडपपछि क्याम्पसमा प्रहरी परिचालन गरिएको छ ।

साथै, प्रहरीमा झडपमा संलग्न ६ विद्यार्थीलाई नियन्त्रण लिएको छ । पक्राउ परेका नेविसंघका पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरूङ र विकु खड्कालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लव भृकुटीमण्डपमा राखेको छ।

उनीहरुलाई तत्काल रिमाई गर्न नेविसंघले माग गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.