गोदावरीमा एक घरको छतमा बम फेला, सेनाको टोलीद्धारा डिस्पोजको तयारी

गोदावरीमा एक घरको छतमा बम फेला, सेनाको टोलीद्धारा डिस्पोजको तयारी

ललितपुरको गोदावरी गोदावरी नगरपालिका-५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको छ ।

अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गर्ने तयारी गरिरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीसपी कृष्णराज ओझाले जानकारी दिए ।

बम किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिजारको परिवार घरैमा भएपनि बम राखेको उनीहरुलाई जानकारी थिएन । घटनास्थलमा कुनै पर्चा नभेटीएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.