विप्लव समूहका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र पक्राउ

विप्लव समूहका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा पक्राउ परेका छन् ।

सोमबार दिउँसो करिब १२ बजे प्रकाण्डका छोरा नरेन्द्र विकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

नरेन्द्रसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.