डिल्लीबजार कारागारबाट छुटे महरा,निजी गाडी चढेर खुमलटार लागे

डिल्लीबजार कारागारबाट छुटे महरा,निजी गाडी चढेर खुमलटार लागे

काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा सोमबार डिल्लीबजार कारागारबाट छुटेका छन्।

डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् । डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । कारागारबाट बाहिरिएपछि उनले कुनै पनि प्रतिक्रिया दिएनन्।

उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन् ।

महराले सफाइ पाएपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरू डिल्लीबजार कारागार पुगेर खादा फूलगुच्छा लिएर स्वागत गरेका थिए। उनीहरूले नारासमेत लगाएका थिए।

संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो।

फैसला सुन्न महरा पनि काठमाडौं जिल्ला अदालत आएका थिए। सफाइ पाएलगत्तै उनी डिल्लीबजार कारागार पुगेका थिए ।

महरालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले सफाइ दिएको हो।

महरा बा १८ च ४०० नम्बरको निजी गाडी चढेर कारागार परिसरबाट बाहिरिएका थिए । उनी ललितपुरको खुमलटारमा रहेको निवासमा गएको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.