लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । तनहुँको डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा गायक कटुवाल पक्राउ परेका हुन् ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि प्रहरीले कटुवाललाई पक्राउ गरेको हाे । गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताइएको छ ।

गुरुङमाथि शनिबार साँझ केही अपपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए । सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएक्री छिन् ।

हाल होटल सञ्चालक गुरुङको गम्भीर अवस्थामा काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.