बम र विस्फोटक पदार्थसहित विप्लव नेतृत्वको नेकपाका ५ कार्यकर्ता पक्राउ

बम र विस्फोटक पदार्थसहित विप्लव नेतृत्वको नेकपाका ५ कार्यकर्ता पक्राउ

प्रहरीले संखुवासभाको चैनपुर नगरापलिका–१ बाट प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना कार्यकर्तालाई बम र विस्फोटक पदार्थसहित पक्राउ गरेकाे छ।

प्रहरीको गस्ती टोलीले चैनपुर–४, दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित ५ जनालाई पक्राउ गरेको हाे । पक्राउ परेका अन्य ४ जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका राई नेकपा विप्लव समुहका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थानमा आगजनी तथा बम विष्फोटन गरी फरार रहेकाको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हाे । प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा हवाई फाइरसमेत गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट रेडबुल बम १ थान, सकेट बम १ थान, विष्फोटनमा प्रयोग हुने सेफ्टि फ्युज तथा तार र मोबाइल बरामद गरेको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ । प्रहरीले गत २ गते पक्राउ गरेको भए पनि आज मात्र सार्वजनिक गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.