मास्कमा कालोबजारी गर्नेलाई २ लाख रुपैयाँ जरिवाना

मास्कमा कालोबजारी गर्नेलाई २ लाख रुपैयाँ जरिवाना

कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेको बेला मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेकाे छ ।

काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सले बढी मूल्यमा मास्क बेचेपछि विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागको भनाई छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो ।

विभागले मास्क लुकाउने र बढी मूल्यमा नबेच्न अनुरोध गर्दै यदि त्यस्तो गरिएको पाइए कारबाही र जरिवाना दुवै गर्ने चेतावनी दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.