कोरोना संक्रमणको आशंकामा भर्ना भएका नेपाली अस्पतालबाट ‘फरार’

कोरोना संक्रमणको आशंकामा भर्ना भएका नेपाली अस्पतालबाट ‘फरार’

कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना व्यक्ति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट फरार भएका छन् ।

सुनसरी घर भएका ती युवा गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट बाट भागेका हुन् ।  दक्षिण कोरियाबाट नेपाल आएका उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो ।

अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन ।

प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पताल स्रोतल जानकारी दिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.