बाबुआमाको हत्या अभियोगमा छोरा पक्राउ

बाबुआमाको हत्या अभियोगमा छोरा पक्राउ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरुकै छोराबाट भएको खुलेको छ।

कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पत्तिको हत्यामा संलग्न भएको आरोपमा उनीहरुकै छोरा भरत भण्डारीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे ।

भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट आइतबार पक्राउ गरिएको हो । भण्डारीसँग आमा धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाकै हत्या गरेको प्रहरीले जनाएको छ ।

धनाको हत्यापछि उनले जयलालको हत्या गरेर सोही राती डडेल्धुरा गएको प्रहरी अनुसनधानबाट खुलेको छ । उनीहरुविच अशंवण्डाको विषयमा लामोसमयदेखि विवाद हुँदै आएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत फागुन १५ गते घरभित्रै जयलाल भण्डारी र उनकी श्रीमती धना मृत अवस्थामा भेटिएका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.