प्रहरीले बरामद गरेका मास्क बेच्न निर्देशन

प्रहरीले बरामद गरेका मास्क बेच्न निर्देशन

महान्यायाधिवक्ताको कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका मास्कलाई साझा स्वास्थ्य सेवाबाट बेच्‍न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।

यसरी बरामद भएका चीजहरु कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइन्छ र मुद्दाको टुंगो नलागेपछि जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली लगायतलाई छलफल गरेर बरामद भएका मास्क तत्काल बजार पठाउने उपायको खोजी गरेका थिए । प्रहरीले बिक्री गरेकाे रकम प्रहरी कोषमा नै रहने छ ।

हालसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.