टिपरको ठक्करबाट आमा छोरीको मृत्यु पछि काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु पछि काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु

काभ्रेकाे पनौती नगरपालिका वडा न ७ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ ।

सोमबार दिउँसो टिपरको ठक्करले पैदलयात्री आमाछोरीको मृत्यु भएपछि पनौती क्षेत्र तनाव ग्रस्त भएको हो । स्थिती तनाब ग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाएको छ।

सोमबार दिउँसो पनौतीको बसपार्कनजिकै बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला गाउँपालिका- १ की ३३ वर्षीया जुनीमाया गोले र उनकी तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो।

घटनापछि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए। उत्तेजित भीडले तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

उक्त क्रम मंगलबार पनि नरोकिएपछि प्रशासनले स्थितिलाई नियनत्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ ।

सोमबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते हुनुका साथै आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।

प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.