अब ट्राफिक प्रहरीले मापसे चेक नगर्ने

अब ट्राफिक प्रहरीले मापसे चेक नगर्ने

विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड -१९ (कोरोना) भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर यस्तो गरिएको महानगरिय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाले जानकारी दिए । यद्यपि, पहिले जस्तो मेसिनले जाँच नगरेपनि कोही लरबराउँदै आयो भने हामी त्यस्ता व्यक्तीलाई  अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाउँछाै ढकालले भने ।

ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।

यस विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाइदिनुहुन महाशाखाले विशेष अनुरोध गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.