मास्क र सेनिटाइजरको कालोबजारी गर्ने चार पक्राउ

मास्क र सेनिटाइजरको कालोबजारी गर्ने चार पक्राउ

मास्क र सेनिटाइजरको कालोबजारी गरेको आरोपमा चार व्यापारीलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ स्थित सुस्मिता मेडिकल हलबाट सर्लाही बरहथवा वडा नम्बर ८ बस्ने संयज साह, जनकपुरधाम वडा नम्बर ८ स्थित भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषा लक्ष्मिनिया वडा नम्बर ३ बस्ने अनिल यादव र जलेश्वर वडा नम्बर ६ बस्ने प्रभन्स चौधरी र जनकपुरधाम वडा नम्बर ४ स्थित सम्पूर्ण मेडिकलबाट स्थानीय संजय साह रहेका छन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रास बढिरहेको बेला मास्क र  सेनिटाइजर कालोबजारी गरिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मास्क कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिरहेको अवस्थामा ति ४ जना विरुद्ध कालोबजार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। कोरोना संक्रमणको त्रास फैलिए देखि जनकपुरधाममा मास्क र सेनिटाइजरको व्यापक अभाव भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.