ललितपुरबाट विप्लवका दाइसहित छ जना पक्राउ

ललितपुरबाट विप्लवका दाइसहित छ जना पक्राउ

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्दसहित छ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरूमा जयेन्द्र चन्द,विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर रहेका छन्। उनिहरुलाई महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले आइतबार राति ८ बजेतिर पक्राउ गरेका हो।

पक्राउ परेका चन्द विप्लव समूहको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन्।

उनीहरूलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.