पर्सामा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु

पर्सामा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु

पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ।

सेनाले निकुञ्जमा गस्ती गरिरहेको समयमा तस्करहरूले सेनामाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि सेनाले गोली हान्दा एक जना तस्करको मृत्यु भएको निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अमिर महर्जनले जानकारी दिए। मृत्यु हुनेको पहिचान भने हुन सकेको छैन।

त्यस्तै गोली लागेर सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन्। उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ। मकवानपुरका तस्कर मोहन सिङ दोङलाई नियन्त्रणमा लिइएको छ।

घटनास्थबलाट सेनाले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरुसमेत बरामद गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.