कोभिड-१९ विरुद्धको अभियानका क्रममा वडाध्यक्षमाथि आक्रमण
जाजरकोटको छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ ।
नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारीअनुसार शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरी गाउँगाउँमा प्रचार गर्दै हिँडेको समयमा शनिबार बेलुकी झार्पा पिपलको बोट नजिकैबाट अपरिचित व्यक्तिको समूहले उनलाई वडा कार्यालयतिर जाउँ भनी लगेको थियो ।
शनिबार राति नै सिंहलाई दुई खुट्टा भाँचेर पाखो जमीनमा छाडेर हिँडेको अवस्थामा भेटिएको छ । अहिले घटनास्थलमा प्रहरी जाँदै गरेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।
घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोट सहइन्चार्ज नीरज आचार्यले कडा शब्दमा निन्दा गर्दै घट्नाका दोषीमाथि कारबाही र घाइतेको उपचार तत्काल गर्न माग गरेका छन् ।
वडाध्यक्ष सिंहमाथि शनिबार राति भएको आक्रमणप्रति नेकपाका केन्द्रीय सदस्य तथा सांसद सत्य पहाडीले भत्र्सना गरेका छन् । उनले कोरोनाविरुद्धको अभियान रहेका अध्यक्ष सिंहमाथि आक्रमण गर्ने अपराधी हुन् भन्दै दोषीमाथि तुरुन्तै कारबाही र घाइतेको तत्काल उपचार गर्नसमेत माग गरेका छन् ।
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...