लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

लकडाउन ८ दिन थप्ने सरकारको निर्णय

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि आठ दिनका लागि थप गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । अब आगामी २६ चैतसम्म पुरै मुलुक लकडाउन हुनेछ । यसअघि ११ चैतेदेखि १८ सम्म लकडाउन घोषणा गरिएको थियो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो ।

नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्ट भएको छ । एक जना उपचारपछि घर फर्किएका छन् भने बाँकी उपचारमै छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.