उपत्यकामा लकडाउन उल्लघंन गर्ने १८१९ जना नियन्त्रणमा

उपत्यकामा लकडाउन उल्लघंन गर्ने १८१९ जना नियन्त्रणमा

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ४ सय १ महिला सहित  १८ सय १९  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट आइतबार बिहान विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको प्रहले जानकारी दिएको छ । यसै गरी प्रहरीले ५ सय ४४ वटा दुई पाङ्ग्रे र ३७ वटा चारपाङग्रे गरी ५ सय ८१ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट १५ सय २३ जना, ललितपुरबाट २ सय ७८  जना र भक्तपुरबाट १८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

प्रहरीले हरेक दिन लकडाउन उल्लघन गर्नेमाथि कडा रुपमा प्रस्तुत भएको बताउँदै आए पनि लकडाउन उल्ल्घनका घटना भने कम हुन सकेको छैन।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.