मस्जिदमा नमाज पढ्दै गरेका १४ जना पक्राउ

मस्जिदमा नमाज पढ्दै गरेका १४ जना पक्राउ

कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउसो १ बजे पक्राउ गरेको हो ।

अहिलेको अवस्थामा जम्मा नहुन बारम्बारर आग्रह गर्दा पनि अटेर गरेपछि पक्राउ पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले जानकारी दिए । उनीहरु सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

योसँगै प्रहरीले  विभिन्न ठाउँका मस्जिदहरुमा निगरानी बढाएको छ । यसअधि कपिलवस्तुमा १ जना पाकिस्तानी नागरिक पनि फेला परेका र उनलाई क्वारेन्टाइनमा राखिएको राणाले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.