हिमपहिरोमा हराएका २ जनाको शव फेला, ४ कोरियालीसहित ५ जना अझै बेपत्ता

हिमपहिरोमा हराएका २ जनाको शव फेला, ४ कोरियालीसहित ५ जना अझै बेपत्ता

अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ३ गतेदेखि हराएका दुई नेपालीको शव फेला परेको छ।

काठमाडौंस्थित पिक गाइड नेपालमार्फत ४ जना कोरियाली पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका पर्यटक सहयोगी धादिङको गंगाजमुना गाउँपालिका-११ का ५१ वर्षीय मेमबहादुर तामाङको शव फेला बुधबार फेला परेको हो।

बिहीबार उनको शव नेपाली सेनाको हेलिकप्टर मार्फत पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएकाे छ ।

स्थानीवासी, पर्यटक प्रहरी र नेपाल प्रहरीले गरेको खोजीमा उनको शव फेला परेको अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरूङले जानकारी दिए। उनका अनुसार खोजीका क्रममा ३ वटा झोलासमेत फेला परेका छन्। तामाङ र अर्का पर्यटक सहयोगी छिरिङ भोटे ९ जना पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका थिए।

जसमध्ये ५ जना कोरियनले हिमपहिरोबाट ज्यान जोगाउन सफल भएका थिए।

उक्त समूहका नेपाली पर्यटक सहयोगी छिरिङ अहिले पनि बेपत्ता छन्। उनीहरूसँगै बेपत्ता हुने कोरियाली पर्यटकहरूमा लि मिन सु, जोङपिल बोङ, किम सोक जा र चोइ जो वोन रहेका छन्।

सोही समूहसँगै हिमपहिरोमा परेका चिनियाँ पर्यटकका नेपाली गाइड सरोज नेपालीको भने यसअघि नै शव फेला परिसकेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.