वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि १० दिनका लागि थप गरेको छ ।

आइतबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले १० दिन लकडाउन बढाउने निर्णय गरेको हो । अब आगामी बैशाख २५ सम्म लकडाउन हुनेछ ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ । पछिल्लो पटक थपिएको लडाउन १५ वैशाखसम्म थियो ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी उपचारमै छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.