उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५ सय जना नियन्त्रणमा

उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५ सय जना नियन्त्रणमा

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने १५ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट सोमबार विहान विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यसैगरी प्रहरीले ६ सय ६२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

काठमाण्डौमा सबै भन्दा बढी १४ सय ३१ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट ६९  र भक्तपुरमा ३६ जनालाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत ११ गतेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.