काठमाडौंमा सेनाका कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंमा सेनाका कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको रवीभवमा आज विहान नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कारमा वपरित दिशाबाट गएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल ठोक्किँदा मोटरसाइकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालककाे उपचारकाे क्रममा कलंकीस्थित नेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरालाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.