माइतीघरबाट पूर्वसचिव द्वारिका ढुंगेललगायत ५० जना पक्राउ

माइतीघरबाट पूर्वसचिव द्वारिका ढुंगेललगायत ५० जना पक्राउ

नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा निस्केका पूर्वसचिव द्वारिकानाथ ढुंगेललगायत ५० जनालाई प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराईलगायतका रहेका छन् । उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।

भारतले नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेपछि नेपालमा विरोध भइरहेको छ।

यसअघि गत कात्तिक १६ गते भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूमि आफ्नो भू-भाग भन्दै समेटेपछि विरोध भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.