अनुशासन र आदेश पालना नगरेको आरोपमा बुटवलका डिएसपीलाई  कारबाही

अनुशासन र आदेश पालना नगरेको आरोपमा बुटवलका डिएसपीलाई कारबाही

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराई बुटवलमा रहेर समन्वय नगरेको आदेश पालना नगरेको भन्दै प्रदेश प्रहरी कार्यालय दाङमा तानिएका छन्।

इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख रहेका भट्टराईलाई बुधबार नै दाङ तानिएको हो। उनी बुधबार बिहान ११ बजे बुटवलबाट दाङ गइसकेका छन्।

प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार भट्टराईलाई प्रदेश प्रहरी कार्यालयमा काजमा तानिएको हो। उनिमाथि अनुशासन र आदेश पालना नगरेको, समन्वय नगरेको, आफूमातहतका कार्यालय र सुरक्षाकर्मीलाई परिचालन गर्न नसकेको भन्दै कारबाही स्वरूप प्रदेश कार्यालय तानिएको स्रोतले  जानकारी दिएको छ।

उनलाई कुन घटनाका आधारमा दाङ तानिएको हो भन्नेबारे नखुलाइए पनि त्यहाँ थप अनुसन्धान हुने बताइएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.