काठमाडौंको चन्द्रागिरि नगरपालिका ‘सिल’

काठमाडौंको चन्द्रागिरि नगरपालिका ‘सिल’

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाले शनिबार (भोलि)देखि पाँच दिन नगर सिल गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले भोलि मध्यान्ह १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्म नगर सिल गर्ने निर्णय गरेको नगरका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको प्रवक्ता महर्जनले जानकारी दिए । ‘राजमार्गसमेत यही वडामा पर्ने भएकोले सिल गरिएको घोषणा गरिएको छैन । तर, लकडाउन कडाइ गर्दा सिल गरेसरह नै कडा गरिने छ ।’

‘कोही पनि अनाश्यकरूपमा हिँड्डुल गर्न पाउँदैनन्’, उनले भने, ‘ र औषधिबाहेक सम्पूर्ण व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ।’

चन्द्रागिरिमा संक्रमित भेटिएसँगै नगरपालिकाले सो क्षेत्रमा कडाइ गरेको हो।

अहिलेसम्म चन्द्रागिरिमा तीन जना संक्रमित भेटिएका छन्। जोखिम नबढोस् भनेर सो कदम चालिएको नगरपालिकाले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.