कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि

कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि

काठमाडौंमा कार्यरत नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत एक नायब निरीक्षक (सई) र एक जवानमा मंगलबार कोरोनाको संक्रमण पुष्टि भएको हाे । यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो।

दुई प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कालीमाटी बृतको कम्पाउण्ड भित्र रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कालीमाटी र महिला तथा बालबालिका सेवाकेन्द्र समेत शिल गरिएको प्रहरीले जनाएको छ ।

वृत्तमा मात्रै करिब ९० प्रहरी कर्मचारी कार्यरत छन्। ती सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.