काभ्रेमा जिप दुर्घटना, सुनकोशी नदीमा खसेर २ जना बेपत्ता

काभ्रेमा जिप दुर्घटना, सुनकोशी नदीमा खसेर २ जना बेपत्ता

काभ्रेको भुम्लु गाउँपालिका–८ काे सिलामे भीरमा बोलेरो जिप दुर्घटना हुँदा सुनकोशी नदीमा खसेर २ जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

दोलालघाटबाट सापिङ जाँदै गरेको  बा १६ च ८८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट तल खसी कोल्टो पर्दा सुनकोशी नदीमा खसेर भुम्लु गाउँपालिका–१ का २६ वर्षीय अशोक गिरी र २७ वर्षीय  भोला महत बेपत्ता भएका हुन् ।

खाद्यान्न लिएर गएको बोलेरोकाे छाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा उक्त बोलेरोमा सवार तीन जनामध्ये दुई जना सुनकोशी नदीमा खसी बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिपभित्रै बसेकी सोही ठाउँ बस्ने ३९ वर्षीय सानुमाया गिरी सामान्य घाइते भएकि छन् । उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेकाे छ ।

सुनकोशी नदीमा खसेर बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.