कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन : डीआईजी विश्वराज पोखरेल

कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन : डीआईजी विश्वराज पोखरेल

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कोरोना देखिँदैमा प्रहरी हतोत्साही नहुने बताउनु भएकाे छ ।

अग्रपङ्क्तिमा बसेर काम गर्ने प्रहरीमा कोभिड–१९ लाग्छ भन्ने कुरा स्वभाविक आँकलन रहेकाले सङ्क्रमण हुँदैमा प्रहरी हतोत्साही नहुने बताउनु भएकाे हाे ।

उँहाले विश्वव्यापी महामारीको रुपमा फैलिएको विषम परिस्थितिमा मुलुकमा सङ्क्रमण फैलिन नदिन प्रहरीले अझै दृढ विश्वासका साथ आफ्नो कर्तव्यमा खटिने समेत बताउनु भयाे ।

मंगलबार महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत एक नायब निरीक्षक (सई) र एक जवानमा कोरोनाको संक्रमण पुष्टि भएको थियाे । यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको थियाे ।

दुई प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कालीमाटी बृतको कम्पाउण्ड भित्र रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कालीमाटी र महिला तथा बालबालिका सेवाकेन्द्र समेत शिल गरेर राखिएको छ। अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.