स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली डीएसपी पक्राउ

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली डीएसपी पक्राउ

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ३ का  राजकुमार चापागाई रहेका छन् । महानगरीय अपराध महाशाखाकाे टाेलीले पक्राउ गरेकाे हाे ।

उनले आफू सशस्त्र प्रहरी नायब उपरीक्षक भएको बताउँदै विभिन्न व्यक्तिहरूलाई स्वास्थ्य मन्त्रालयको खरिदाररिसेप्सनिष्टसहायक लेखापालजस्ता पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेका थिए।

महाशाखाले उनलाई पेप्सीकोलाबाट पीडित सम्झना केसी भट्टराईसँग एक लाख २० हजार लिँदै गर्दा पक्राउ गरेको हो।

उनले खरिदार पदको नक्कली परिचयपत्र देखाएर पीडितबाट पटक–पटक १ लाख ८५ हजार ठगी गरेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले अनसुन्धान थालेको थियो।

महाशाखाले उनीविरूद्ध थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.