पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना

पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना

पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको द डन न्युज टिभीले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ ।

समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । साँघुरो बाटो र मानिसको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

यस विषयमा विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिने तयारी भइरहेको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.